बुटवल,मंसिर १७ ।
बुटवल कालिका क्याम्पसको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा खेल सप्ताह शुरु भएको छ । आइतबार एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले उद्घाटन गर्दै शिक्षक, विद्यार्थी, कलेज ब्यवस्थापन समिति, अभिभावक सबैको योगदानकै कारण कलेजको गरिमा उचो भएको बताए ।
हरेक ब्यक्तिले दाम नभई नामको लागि काम गर्न सुझाव दिदै उनले राम्रो कामको प्रतिफल आफै प्राप्त हुने बताए । युवा पिढीलाई आफ्नै जन्मभूमिमा कर्म गर्न उनले सुझाव दिए ।कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले छोटो समयमा सामुदायिक कलेजतर्फ देशकै गरिमा बोकेको कलेजको रुपमा परिचान बनाउन सफल भएको बताए ।कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले युवाहरुलाई पलायन रोक्ने गरि देशमै केही गर्ने सोच बनाउन आग्रह गरे ।
कार्यक्रममा कलेजका अध्यक्ष होम बहादुर गलामी, कालिका मानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, बिबिएस कोअर्डिनेटर बुद्धिराम चौधरीले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको गर्दै कलेज यसमा सधै अग्रसर रहेको बताए ।
खेल सप्ताह अन्तर्गत कबड्डी, चेस, दौड (१००-४०० मिटर) छात्रछात्रा, क्रिकेट, भलिबल (छात्रा), टेबलटेनिस, डोरी तान्ने (छात्रछात्रा) लगायत कार्यक्रम गरिने खेल संयोजक रेश्मीराज शर्माले बताए । यसैगरी हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, निःशुल्क दन्त परिक्षण समेत गरिने उनले बताए ।
बिएसडब्लु र एमएआरडी दुई विषयको अध्यापन शुरु गरेको छ ।कलेजमा बिबिएस, बिसिए र बिएडमा २ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)