Logo बुधवार, श्रावण १३ गते २०८३
images

विश्व एड्स दिवस : लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रतिष्ठा भइन प्रथम

विश्व एड्स दिवस : लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रतिष्ठा भइन प्रथम

  • 1.9K
    SHARES

  • विश्व एड्स दिवस : लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रतिष्ठा भइन प्रथम

    बुटवल, मंसिर १४ ।

    ३६ औँ विश्व एड्स दिवसको सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताल र एएचएफ नेपालले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । एचआईभि एड्स स्वास्थ्यकर्मीको भुमिका र जोखिम न्युनिकरण शिर्षकमा अस्पतालमा आयोजित बक्तृत्वकला प्रतियोगितामा १३ जना कर्मचारी तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।  

    प्रतियोगितामा प्रतिष्ठा पाण्डे प्रथम,सुस्मा रेग्मी द्वितिय , ईच्छा बुढामगर तृतिय र मन्जु वलीले सान्त्वना स्थान हासिल गरिन् । उनीहरुलाइ नगद पुरस्कार,मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ ।

    1.jpg2.jpg3.jpg 4.jpgसहभागी सबैलाई प्रमाणपत्र दिइएको अस्पतालका एआरटी क्लिनीक इन्चार्ज तथा कार्यक्रम संचालक भिम ज्ञवालीले जानकारी दिए  ।

    डा.ज्ञानहरी मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले चिकित्सकहरु सजग भएर सेवामा लाग्न आग्रह गर्नुभयो ।

    aids.jpgप्रतियोगिताको निर्णायकमा डा. ज्ञानहरी मरासिनी ,नर्सिङ ईन्चार्ज ज्योति पौडेल र डा. कृष्ण खनाल रहनुभएको एएचएफ संयोजक धर्मराज भट्टराईले बताए ।

    सो अबसरमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ लुम्बिनी संयोजक अर्जुन ज्ञवाली,सामाजिक अभियान्ता आनिक राना लगायतले बोलेका थिए । विश्वमा १९८१  पहिलोपटक देखापरेको एचआइभी एड्स देखा पर्याे नेपालमा १९८८पहिलोपटक  देखा परेको हो । अहिले नेपालमा करिब २९ हजार  संक्रमित छन् ।

    एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

    AIDS DAY A.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology