Logo बिहिवार, आश्विन १ गते २०८३
images

अटिजमबारे अधिकांश अभिभावक नै अनविज्ञ,नेपालमा ३ लाख जनसंख्या अटिजमबाट पिडीत !

अटिजमबारे अधिकांश अभिभावक नै अनविज्ञ,नेपालमा ३ लाख जनसंख्या अटिजमबाट पिडीत !

  • 3.7K
    SHARES

  • अटिजमबारे अधिकांश अभिभावक नै अनविज्ञ,नेपालमा ३ लाख जनसंख्या अटिजमबाट पिडीत !

    बुटवल,पुस ४-

    धेरैजसाे बालबालिकाहरुमा देखिने अटिजमको समस्याबारे उनीहरुका अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५५ औँ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा.सतिश रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजमबारे सचेतना जगाउन लागेको बताए ।

    काठमाण्डौमा अटिजम केयर नेपाल बाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उनले बताए । कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । गर्भावस्थामा मेडिसिनको प्रयोग बढि हुदा बच्चामा अटिजम हुनसक्ने विज्ञहरु बताउछन । विश्व स्वस्थ्यको तथ्यांकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने बताईन्छ । नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्याक छ ।

    नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उनले बताए । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरि एक सय जना अभिभावक आवद्घता गराएर आफुहरु लागेको उनले बताए ।

    निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाएको उनले जानकारी दिए ।

    यसबारे ज्ञान नहुदा कतिपय गाउघरमा बालबालिका बाधेर राख्ने काम समेत भैरहेको उनले दुखेसो गरे । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड १९ का कारण क्लबका गतिविधि तिब्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाईदा मिलेको उनको भनाइ छ।

    लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष अच्युत पौडेलले सामाजिक संघसंस्थाहरु बीच सहकार्य जरुरी रहेको उनले बताए । 
    कार्यक्रममा क्लबका सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य देविराम पाण्डे, सरोज पन्त लगायतले अन्तरक्रिया कार्यक्रममा नया र अनौठो विषयहरुमा छलफल गरि समाजमा रहेका रुढीबाढी समस्या चिर्न मद्यत मिल्ने बताए । कार्यक्रममा मैयादेवि पुरस्कारबाट पुरस्कृत कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष पदमा निवाचित भएकी क्लबका सदस्य दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।

    अटिजम भनेको के हाे,याे कस्तो समस्या हो ?

    atijam.jpg

    अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ ।

    बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ ।

    अटिजम स्नायु तथा नसाको विकासमा आउने र्‍हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । अटिजम रोग नभएर मस्तिष्कको विशेष अवस्था हो ।

    यो समस्या कसरी पहिचान गर्ने ?

    अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गार्‍हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहोर्‍याउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गार्‍हो हुन्छ ।

    शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ । अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology