Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सव : ५० जनाले गरे रक्तदान

लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सव : ५० जनाले गरे रक्तदान

  • 1.3K
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सव : ५० जनाले गरे रक्तदान

    बुटवल,मंसिर १३ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ ।

    बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा गरिएको खुल्ला वृहत रक्तदानमा विद्यार्थी, स्थानीय लगायत ५० जनाले रक्तदान गरेका थिए ।

    सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुले प्रमाणपत्र प्रदान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानिवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए । उनले तीन महिनामा आफै खेरा जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए ।lbc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology