Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि कुटपिट,आइसियूमा उपचार हुँदै

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि कुटपिट,आइसियूमा उपचार हुँदै

  • 5.5K
    SHARES

  • सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि कुटपिट,आइसियूमा उपचार हुँदै

    बुटवल,म‌सिर १३ ।

    सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

    मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

    सुत्केरीको हृदयघातका कारण ज्यान गएको अस्पताल व्यवस्थापनको भनाइ छ ।

    लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको नागरिक अनलाइनसंग बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।

    कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई  नियन्त्रण लिएको  जनाएको  छ। FB_IMG_1701241205531.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology