Logo बुधवार, श्रावण १३ गते २०८३
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

  • 3.0K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

    बुटवल,मंसिर १२ ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्ने वचन दिनुभएको छ ।

    ‘अरूलाई दोष दिएर मात्र हुँदैन, विमानस्थल पूर्ण रूपमा सञ्चालनको लागि आवश्यक पूर्वाधार बनेकै छैनन्, अध्यागमन लगायतका अन्य कार्यालयहरू पनि विमानस्थलमा छैनन्, म यसबारेमा काठमाडौँमा पुगेर मन्त्रीहरुसंग छलफल गर्छु  ।’ उहाँको भनाइ छ ।

    नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने उल्लेख गर्नुभयो । काठमाडौंमा गएपछि सम्बन्धित निकायसँग विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे कुरा गर्ने देउवाको भनाइ थियो ।deuwa.jpg

    सभापति देउवाले रूपन्देही सम्मेलनबाट देशभर नेपाली कांग्रेस एकताबद्ध छ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । गौतमबुद्धको जन्मस्थल रूपन्देहीको महत्व देशमा मात्र नभई विदेशमा समेत रहेको उल्लेख गर्नुभयो ।

    सभापति देउवाले  पार्टीका नेता बालकृष्ण खाँणले चाँडै न्याय पाउने विश्वास ब्यक्त गर्नुभयो । ‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु’। उहाँको भनाइ छ । उहाँले अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बोल्नु उचित नहुने भन्दै उनले न्याय पाउने बताउनुभयो ।

    सो अबसरमा बोल्दै कांग्रेस नेता डा चन्द्र भण्डारीले नयाँ पुस्ता कुनै गुटमा नलागेर पार्टीमा लाग्न आग्रह गर्नुभयो । भण्डारीले नेपालमा धेरै भ्रष्टाचारी मौलाएको भन्दै अब यी भ्रष्टाचारीले छुट नपाउने दाबी गर्नुभयो । नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीहरूलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको उहाँको भनाइ छ ।

    सो अवसरमा  कांग्रेस नेताहरु सहमहामन्त्रीमा किशोरसिंह राठौर ,भरत शाह,देबेन्द्र राज कडेँल,अब्दुुल रज्जाक,नैनसिह महर,अमरसिंह पुन,जिल्ला सभापति रामकृष्ण खाँण,शुशिल गुरुङ,खेलराज पाण्डेय,तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology