बुटवल,मंसिर १३ ।
नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुँदैछ । कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको छ ।
जिल्ला सम्मेलन मंगलबार भव्यताका साथ सम्पन्न हुन गइरहेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताउनुभयो । उहाँले सिद्धार्थनगर नगरपालिका–१३ स्थित पटवा ब्याङ्केट (पुरानो महेन्द्र सभा गृह) मा बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने बताउनुभयो ।
सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका उपसभापतिहरु,महामन्त्रीहरु लगायत पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने खाणले जानकारी दिनुभयो ।
सम्मेलनमा ३ हजार ४५ जना जिल्ला प्रतिनिधिहरुको सहभागीता रहने छ ।उहाले भन्नुभयोे, ‘जिल्ला सम्मेलनले कांग्रेसलाई गतिशिल, बलियो बनाउने, पार्टीको गुटहरुलाई न्यूनीकरण गर्ने र नेपालको लोकतन्त्र, प्रजातन्त्र र संघीयतालाई संस्थागत गर्दै अगाडि बढाउने छ । ’
‘कांग्रेसका कार्यकर्तालाई गतिशिल, क्रियाशिल र कार्यकर्ताको आत्मविश्वास बढाएर हामी अगाडि बढ्ने हो । भोली हुने जिल्ला सम्मेलनको मुख्य उद्देश्य हो, ’खाणको भनाइ छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका खाणले १४ औं महाधिवेशनमा निर्वाचित भएपछि जिल्लाको यो पहिलो सम्मेलन भएको र अर्कोचोटिगर्दा दोस्रो सम्मेलन हुने बताउनुभयो ।कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशको समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने दावी गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले मुलुकमा संघीयताको महसुस गरिएकोले नै संघीयता आएको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)