Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

  • 3.7K
    SHARES

  • कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

    बुटवल,मंसिर ११ ।

    नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन मंसिर १२ गते मंगलबार (भोलि) भैरहवामा हुने भएको छ ।कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनबारे जानकारी गराएको छ ।

    जिल्ला सम्मेलन मंगलबार भव्यताका साथ सम्पन्न हुन गइरहेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए । उनले सिद्धार्थनगर नगरपालिका–१३ स्थित पटवा ब्याङ्केट (पुरानो महेन्द्र सभा गृह) मा बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने जानकारी दिए । सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने खाणले जानकारी दिए ।

    सम्मेलनमा ३ हजार ४५ जना जिल्ला प्रतिनिधिहरुको सहभागीता रहने उनले बताए ।उनले भने, ‘जिल्ला सम्मेलनले कांग्रेसलाई गतिशिल, बलियो बनाउने, पार्टीको गुटहरुलाई न्यूनीकरण गर्ने र नेपालको लोकतन्त्र, प्रजातन्त्र र संघीयतालाई संस्थागत गर्दै अगाडि बढाउने छ। ’‘कांग्रेसका कार्यकर्तालाई गतिशिल, क्रियाशिल र कार्यकर्ताको आत्मविश्वास बढाएर हामी अगाडि बढ्ने हो ।

    भोली हुने जिल्ला सम्मेलनको मुख्य उद्देश्य हो, ’खाणले भने ।तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका खाणले १४ औं महाधिवेशनमा निर्वाचित भएपछि जिल्लाको यो पहिलो सम्मेलन भएको र अर्कोचोटिगर्दा दोस्रो सम्मेलन हुने बताए । कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशको समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने दावी गरे ।

    पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले मुलुकमा संघीयताको महसुस गरिएकोले नै संघीयता आएको बताए ।nc a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology