Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थतन्त्र कमजोर भएको बेला प्रदेशमा मन्त्रालय र मन्त्री थप्नु हुँदैन : सभापति अमरसिंह पुन

अर्थतन्त्र कमजोर भएको बेला प्रदेशमा मन्त्रालय र मन्त्री थप्नु हुँदैन : सभापति अमरसिंह पुन

  • 1.2K
    SHARES

  • अर्थतन्त्र कमजोर भएको बेला प्रदेशमा मन्त्रालय र मन्त्री थप्नु हुँदैन : सभापति अमरसिंह पुन

    बुटवल,मंसिर १० ।

    नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा जनतालाई भार पार्ने गरी मन्त्रालय विस्तार गर्न नमिल्ने बताएका छन् । उनले प्रदेशमा हाल रहेका मन्त्रालय नै उपयुक्त भएकाले मन्त्रालय फुटाएर  नयाँ  विस्तार गर्न नमिल्ने बताए । 

    नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै सभापति पुनले प्रदेशमा हाल कायम रहेका मन्त्रालयहरू भन्दा बढी बनाउन नमिल्ने नीतिगत निर्णय पार्टीले गरिसकेको बताए । उनले अहिले मूलकको अर्थतन्त्र कमजोर भएको बेलामा प्रदेशमा मन्त्रालय थप्ने र  मन्त्रीहरू थप्ने गर्दा जनतामा नराम्रो सन्देश जाने बताए । 

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्रालय रहेका छन् । काँग्रेसको नेतृत्वमा सरकार रहे पनि  सत्तारुढ दलहरूको बिच भएको सहमति अनुसार काँग्रेस र माओवादीबाट थप मन्त्रीहरू बन्न बाँकी रहेका छन् । लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमति अनुसार माओवादीले थप दुई र काँग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी  तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा  पुराउनको दुई मन्त्रालय थप्नुपर्ने हुन्छ । 

    सभापति पुनले मन्त्रालय विभाजन नगरी बाँकी रहेका मन्त्रलायहरुलाई पूर्णता  दिने काम बुटवलमा  मङ्सिर १६ र १७  राखिएको  नेपाली काँग्रेसको प्रदेश स्तरीय भेलापछि हुने बताए । हाल लुम्बिनी प्रदेश सरकारमा काँग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology