बुटवल , भदौ २०।
बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको उनले बताए ।
काेराेनाबाट बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ । रुपन्देहीमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अस्पतालमा पछिल्ला केहिदिनदेखि लगातार संक्रमितकाे ज्यान जान थालेकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)