Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

  • 1.7K
    SHARES

  • रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    काठमाडौं, मङ्सिर ८ ।

    सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

    बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए । आममाफीको निर्णयविरुद्ध शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।

    शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीहुनुहुन्छ । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।

    तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology