Logo बिहिवार, आश्विन १ गते २०८३
images

हरिबोधिनी एकादशीमा गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक बिदा

  • 1.3K
    SHARES

  • हरिबोधिनी एकादशीमा गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक बिदा

    बुटवल, मंसिर ५ ।

    गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको  छ ।

    मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    उहाँले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदैआएकोमा यस वर्ष पनि  मङ्सिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।सो दिन रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको अर्यालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology