Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट

  • 1.2K
    SHARES

  • भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट

    बुटवल, मंसिर ५ ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल २ लाख ७ हजार ५२८ जना आवेदकहरूले सेयर पाएका छन्। 

    जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकोमा ४ हजार ६०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। 

    योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी उक्त आइपिओ निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।krishna pranami nandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology