Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बिबिएस चौथो वर्षको नतिजा : नेपालभरीमै द्वितीय बन्यो अक्सफोर्ड कलेज 

बिबिएस चौथो वर्षको नतिजा : नेपालभरीमै द्वितीय बन्यो अक्सफोर्ड कलेज 

  • 3.1K
    SHARES

  • बिबिएस चौथो वर्षको नतिजा : नेपालभरीमै द्वितीय बन्यो अक्सफोर्ड कलेज 

    बुटवल,मंसिर ४ ।

    बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ । अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएको कलेजले दावी गरेको हो ।

    २०६५ सालबाट संचालित बार्षिक प्रोग्रामहरु बिबिएस र बिएडका प्रोग्रामहरुमा उत्कृष्ट नतीजा ल्याएको अक्सफोर्डले २०८० सालको त्रिवि अन्तरगतको बिबिएस चौथो वर्षको परीक्षामा पनि उत्कृष्टता हासिल गरेको क्याम्पस प्रमुख मनोज मरासिनीले बताउनुभयो ।

    उहाँले ब्यावहारीक ज्ञानमुलक, सीपमुलक र समयापेक्ष तथा अभिभावकहरुको चाहनाअनुसार २०७५ सालबाट त्रिविअन्तरगतकै बिएचएम र बिआइएमका प्रोग्रामहरुमा पनि नेपाल प्रथम र प्रदेश प्रथमका उत्कृष्ट नतीजा हासिल गरेको बताउनुभयो । कलेज प्रमुख मरासिनीका अनुसार हालै प्रकाशित त्रिवि अन्तरगतकै २०८० को बिविएस चौथो वर्षको नतीजामा कुल ९४ दशमलव ६ प्रतिशत सहित १६ जना विशिष्ट श्रेणीमा उतिर्ण भएका छन् ।

    बिबिएस, बिएड, बिएचएम र बिआईएम संकाय अध्यायन गराउदै आएको अक्सफोर्डले २०७९ को बिएचएमको तेस्रो सेमेस्टरको परिक्षामा विद्यार्थी लक्ष्मण थापाले ३ दशमलव ९६ जिपिए ल्याएर नेपाल प्रथम बनेको कलेजका विभागिय प्रमुख बिष्णु बस्यालले जानकारी दिनुभयो । स्थापना कालदेखिनै अक्सफोर्डले उत्कृष्ट अंक ल्याउदै गरेको उल्लेख गर्दै उहाँले कलेजका बिभिन्न संकायमा एक हजार दुई सय ५३ विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology