Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मङ्सिर ९ मा रूरूक्षेत्रमा ‘लाखे महोत्सव’

मङ्सिर ९ मा रूरूक्षेत्रमा ‘लाखे महोत्सव’

  • 3.3K
    SHARES

  • मङ्सिर ९ मा रूरूक्षेत्रमा ‘लाखे महोत्सव’

    गुल्मी,मंसिर ३ ।

    गुल्मीको रुरुक्षेत्रमा लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको हो।

    गाउँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम अनुसार पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण तथा सामाजिक एकता र सद्भाव कायम गर्नुका साथै मौलिक संस्कृति मार्फत भातृत्व कायम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँपालिकाको समन्वयमा नेवास् देय् दवू जिल्ला कार्यसमिति, बलेटक्सार गुल्मीको आयोजनामा ‘लाखे महोत्सव तथा लाखेनाच प्रतियोगिता’ हुन लागेको हो। सो प्रतियोगितामा लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट सहभागी हुन सकिने उहाँले बताउनुभयो।

    मङ्सिर ९ गते रुरुक्षेत्र गाउँपालिकाको खेलमैदान, रुरुक्षेत्र गाउँपालिका–४, घिउबेंसीमा हुने सो प्रतियोगिताको लागि मङ्सिर आठ गतेभित्र अनिवार्य समूह दर्ता गराउनुपर्ने र सहभागी हुने समूह बढीमा १२ जनाको हुनुपर्ने छ। 

    लाखे नाच प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार एक रुपियाँ, द्वितीय हुनेलाई ३५ हजार एक र तृतीय हुनेलाई २० हजार एक रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो।

    लुम्बिनी प्रदेशस्तरीय यो महोत्सवले रुरुक्षेत्रको समग्र धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै प्रदेशभरका स्थानीय तहका मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै रुरुक्षेत्रको पहिचान स्थापित गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो। 

    यस कार्यक्रमको लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ को बजेटबाट पाँच लाख रुपियाँ रकम विनियोजन गरिएको उहाँले बताउनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology