Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव फेला

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव फेला

  • 963
    SHARES

  • प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव फेला

    प्युठान,मंसिर २ ।

    प्युठानको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

    स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

    उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए । उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।‘विस्तृत जानकारी आएको छैन, हामी अनुसन्धानकै सिलसिलामा छौं’ प्रहरी निरीक्षक खनालले भने । मृतक महिलाका श्रीमान घरमा नै रहेको खुलेको तर पारिवारिक अवस्थाबारे पनि विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology