बुटवल,पुस ३-
रुपन्देहीमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधिका लागि झरना स्पोर्टिङ क्लब कुन्जलापुर र सिद्धार्थ युवा क्लब, चपरहट्टी बिच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको दोस्रो सेमीफाईनल खेलमा सिद्धार्थले आयोजक सौभाग्य युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा सरोज क्षेत्रीले छैटौ मिनेटमा गोल गर्दै सिद्धार्थलाई अग्रता दिलाएका थिए ।
बुटवलकै युवा खेलाडीहरुको टिम रहेको सिद्धार्थले निक्कै स्तरिय खेल पस्केको थियो । सिद्धार्थका विश्वास थापाले २३ अौ मिनेटमा विपक्षी टिमका डिफेन्डरलाई छकाउदै गोल थपेका थिए ।
आयोजक सौभाग्यले खेलको ५४ अौ मिनेटमा गोलको अवसर पाएको थियो । खेलको ५४ अौ मिनेटमा सिद्धार्थका शंकर राईले विपक्षी टिमको डिबक्स बाहिर दुबै हातले बल रोकेपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।
सोही फ्रिकिकलाई आयोजकका टिम क्याप्टेन यामु रानाले जाली चुमाए । खेलमा सिद्धार्थका अनुप थापा म्यान अफ दि म्याचबाट पुरस्कृत भए।
शनिबार पत्रकार र आयोजक सौभाग्य युवा क्लबका पदाधिकारीका बिचमा मैत्रीपुर्ण खेल हुने खेल संयोजक चक्र खड्काले बताए ।
यसैबिच स्वगिर्य प्रचण्ड थैव अक्षयकोष स्थापनाका लागी सौभाग्य क्लबका निर्वतमान अध्यक्ष तथा खेलप्रेमी भुपेन्द्र क्षेत्री हरिले ५० हजार रुपैया दिने घोषणा गरेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)