Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकले अर्कोलाई औँला ठड्याएर दैश बन्दैनः डा.रिजाल

एकले अर्कोलाई औँला ठड्याएर दैश बन्दैनः डा.रिजाल

  • 1.4K
    SHARES

  • एकले अर्कोलाई औँला ठड्याएर दैश बन्दैनः डा.रिजाल

    डलास (टेक्सस),कार्तिक २७ ।

    नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले एकले अर्कोलाई औला ठडाएर देशको विकास नहुने जिकिर गर्नुभएको छ ।

    हिजो भन्दा आज देशको विकास भैरहेको भएपनि हुनुपर्ने जति मात्र नभएको र यसो हुनुको पछाडि एकले अर्कोलाई दोष लगाएर उन्मुक्ति नमिल्ने नेता रिजालको जोड थियो ।

    नेपाली जनसम्पर्क समिति अमेरिका डलास फोटवर्थ टेक्सस च्याप्टरले आईतवार युलेसमा गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रियामा सहभागि हुदैं नेता रिजालले नेपाल भनेको अहिले गिलासमा रहेको आधा पानी जस्तै भएको र त्यसलाई सकारात्मक हिसावले हेर्दा गिलासमा आधा पानी देखिने र नकारात्मक रुपले हेर्दा भरिएकै त छैन भन्ने खालको रहेको बताउनुभयो ।

    उहाँले नेपाल र नेपाल बाहिर रहेका सबैले आ आफ्नो ठाउवाट सकारात्मक ढंगले काम गर्ने हो भने नेपाल बन्न समय नलाग्ने र आफू त्यसमा पूर्ण आशावादी रहेको उल्लेख गर्नुभयो । नेतालाई गाली गर्ने, एकले अर्कोलाई औला ठड्याउने गरेर केही हुदैन नेता रिजालले भन्नुभयो सबैले आ आफ्नो ठाउवाट गर्ने हो, कसैलाई आरोप मात्र लगाएर अव छुट कसैलाई छैन ।

    च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षता, च्याप्टरका महासचिव दिनेश शर्माको संचालन तथा च्याप्टरका संस्थापक कोषाध्यक्ष बादल भुजेलको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु भिमवहादुर बलायर, विष्णु सुवेदी, हरिबोल भण्डारी, भरत अर्याल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष विवेक कंडेल, संस्थापक महासचिव सुन्दर कर्माचार्य, एनसिएससीका उपाध्यक्ष डा. प्रेम अधिकारी, युलेस सिटी काउन्सील म्यान टिका पौडेल लगायतले धारणा राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology