Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दधि स्मृति साहित्य समाज कपिलवस्तुको खुला कविता प्रतियोगिता,अधिकारी भए प्रथम

दधि स्मृति साहित्य समाज कपिलवस्तुको खुला कविता प्रतियोगिता,अधिकारी भए प्रथम

  • 1.5K
    SHARES

  • दधि स्मृति साहित्य समाज कपिलवस्तुको खुला कविता प्रतियोगिता,अधिकारी भए प्रथम

    सुशील अर्याल (अनुराग)/ कपिलवस्तु, कार्तिक २६ 

    दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य समाज कपिलवस्तु नेपालको  छैठौं वार्षिक साधारणसभा लक्ष्मी जयन्ति, खुला कविता लेखन तथा वाचन प्रतियोगिता वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएको हाे ।

    नेपाली भाषा, साहित्य, कला संस्कृतीलाई जगर्ना गर्ने उद्देश्यले वार्षिक साधरणसभामा कविता प्रतियोगिता राखिएको आयोजकले जनाएको छ  ।

     समितिले दिएको प्राकृतिक विपत्ति शीर्षकमा ७ जना प्रतिस्पर्धिले सहभागिता जनाएका थिए । जसमा पवन अधिकारी प्रथम , द्वितीय वुद्धिसागर बेल्बासे, तृतीय मोहन प्रसाद पन्थी र विपना खत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । तत्काल शीर्षक  दिएर एक घण्टा भित्र अव्वल कविता रचना गरि वाचन हुँदा कार्यक्रममा थप रौनकता थपिएको थियो ।

    प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने श्रष्टाहरुलाई नगद प्रमाणपत्र सहित सम्मानित गरिएको छ । सहभागीलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा प्रथम हुने पवन अधिकारीलाई प्रोत्साहन स्वरुप सल्लाहकार देवका भण्डारिले ५५५ प्रदान गर्नु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी सुर्यप्रसाद भुसालले साहित्य देशको गहना भएकोले साहित्यले समाज परिवर्तन गर्न सक्ने बताउनु भयो । उहाँले साहित्यले मनको पीडा बुझ्न सक्ने बताउँदै सम्पुर्ण सहभागिलाई हार्दिक बधाई व्यक्त गर्नु भयो । साथै यो कपिलवस्तु जिल्लामै उत्कृष्ट र पहिलो कार्यक्रम रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो ।

     त्यस्तै कार्यक्रममा वाणगङ्गा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डेले कवि र कविता एक अर्काका पुरक भएकाले सदैव आत्मसाथ गरि रहन आग्रह गर्नु भयो । कार्यक्रममा संस्थाका सह(सचिव राधा पाण्डे, संस्थाका सल्लाहकार समीर सायर, साहित्यकार मोहन ज्ञावाली, अनुज बेल्बासे, प्रवीण अधिकारी, प्रकाश भुषाल लगायत दर्जन बढी साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । कविताले वर्तमान विसङ्गती , प्राकृतिक सौन्दर्यता, प्रेम, सद्भाव लगाएतका भावलाई उजागर गरेका थिए ।

    दधी स्मृति साहित्य समाजको छैठौं साधारण सभामा  सचीव सुशील अर्याल अनुरागले प्रगती प्रतिबेदन र  कोषाध्यक्ष बाबुराम भण्डारिले आर्थिक  प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।कार्यक्रम लेखनाथ घिमिरे ञसंयोग झको अध्यक्षता, साहित्यकार सुर्यप्रसाद भुसालको प्रमुख आतिथ्यता, होराईजन मावि सिद्धिपुरका प्राचार्य बासुदेव घिमिरेको विशिष्ट आतिथ्य्ता रहेको थियो ।

    त्यस्तै सामुदायिक पुस्तकालयका अध्यक्ष दिलिप कार्की , वाणगङगा माविका प्रधानाध्यापक कुलराज पौडेल, दयाराम घिमिरे लगायतको आतिथ्यता रहेको थियो । 
    संस्थाका सचिव सुशील अर्याल अनुरागको स्वागत मन्तव्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गा प्रसाद अधिकारिको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार, बुद्धिजीवी , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology