Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देही सियारीका ६७ घरपरिवारलाई लालपुर्जा वितरण

रुपन्देही सियारीका ६७ घरपरिवारलाई लालपुर्जा वितरण

  • 2.7K
    SHARES

  • रुपन्देही सियारीका ६७ घरपरिवारलाई लालपुर्जा वितरण

    बुटवल,पुस ३-

    रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ र ४का  ६७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

    पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । गाउँब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयवासीलाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो ।

    उहाँले भन्नुभयो- “घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं, यस कार्यमा स्थानीय, प्रदेश र संघिय सरकार लागि परेका छौं ।”

    विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनु भयो ।

    घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनुभयो ।lal purja siyari (2).jpg

    सियारी गाउँपालिकामा करिव दुईहजार परिवारलाई पुर्जा वितरण गर्न बाकीं रहेको र जिल्लामा एक हजार  ३ सय ८३ ब्लकको पुर्जा वितरण गर्न बाकी रहेको जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख अजित कुंवरले बताउनुभयो ।

    जग्गा धनी पुर्जा पाएपछि सियारी ३ भैसाखदारकी अनुपा चौधरीले खुसि ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-“पुस्तौँदेखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology