बुटवल, कात्तिक २५ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।
भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरि उद्घाटन गरेर अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु संगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरु संग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग संगै भएको बताएका थिए ।नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ ।
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पिडीत भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।विप्लव र प्रकाण्ड आईतवार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)