Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्यान्सर पिडित मिश्रलाई नगद ४२ हजार रुपैया सहयोग

क्यान्सर पिडित मिश्रलाई नगद ४२ हजार रुपैया सहयोग

  • 3.7K
    SHARES

  • क्यान्सर पिडित मिश्रलाई नगद ४२ हजार रुपैया सहयोग

    बुटवल,पुस ३-  

    रुपन्देही युवा समुह मर्चवारी गाउँपालिका समितिले क्यान्सर पिडितलाई एक जनालाई सहयोग गरेको छ । भैरहवामा आयाजित एक कार्यक्रममा बीच समुहले क्यान्सर पिडित सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का ७४ बर्षकी दिपा मिश्रलाई नगद ४२ हजार रुपैया सहयोग गरेको हो ।

    उक्त रकम रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले दिपाकी छोरी शिल्पा मिश्रलाई हस्तान्तरण गरेका थिए ।

    सोही अवसरमा बोल्दै रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले क्यनसर पिडितलाई सहयोग गर्नु प्रसंसिय रहेको बताए । उनले अझै पनि धेरै नागरिकले रकमको अभावमा उपचार हुन नसकेको भन्दै समुह मार्फत त्यस्ता विरामीहरलाई निरन्तर सहयोग गर्दै जाने बताए । उनले समुह मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोगका कार्यक्रमहरु गर्दै जाने योजना रहेको बताउँदै त्यसका लागि सवैको सहयोग र साथ आवश्यक रहेको बताए ।

    कार्यक्रममा जिल्ला अध्यक्ष विशाल गुप्ता, जिल्ला बरिष्ठ उपाध्यक्ष विशला मिश्र, मर्चवारी गाउँपालिका समितिका अध्यक्ष सुक्रिम यादव, बुटवल उपमहानगरपालिका कमिटि उपाध्यक्ष पुरब पाण्डे, विनय कुर्मी, सायद पाठक लगाएतले बोलेका थिए ।

    रुपन्देही युवा समुह बुटवल उपमहानगरपालिकाकी कोषाध्यक्ष अप्सना परियारले ३ महिना देखि पाठेघरको क्यान्सरले थलिएकी ७४ बर्षिय मिश्रालाई सामाजिक उत्तरदायित्व अनुसार रकम सहयोग गरेको बताईन । कार्यक्रम जिल्ला महासचिव कृष्ण खरेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, पौष ३ २०७७१०:४७:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology