Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूकम्प प्रभावितक्षेत्रका सञ्चारकर्मी र सञ्चारमाध्यमको राहतका लागि पत्रकार महासंघ रूपन्देहीले दियो २५ हजार रुपियाँ

भूकम्प प्रभावितक्षेत्रका सञ्चारकर्मी र सञ्चारमाध्यमको राहतका लागि पत्रकार महासंघ रूपन्देहीले दियो २५ हजार रुपियाँ

  • 2.9K
    SHARES

  • भूकम्प प्रभावितक्षेत्रका सञ्चारकर्मी र सञ्चारमाध्यमको राहतका लागि पत्रकार महासंघ रूपन्देहीले दियो २५ हजार रुपियाँ

    बुटवल,कार्तिक २४। 

    नेपाल पत्रकार महासङ्घ रुपन्देहीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्षरुपमा प्रभावित सञ्चारकर्मी र सञ्चार माध्यमको राहतका लागि २५ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । महासङ्घ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    महासङ्घका सचिव विनोद परियारले एक विज्ञप्ति जारी गरी जनतालाई निरन्तर सूचना र समाचार प्रवाह गर्ने पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपदको बेला राहतस्वरुप नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका तर्फबाट केन्द्रीय समितिले आह्वान गरेको प्रभु बैंकमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको उल्लेख छ ।

    महासङ्घ केन्द्रको आह्वान र जिल्ला शाखासँगको समन्वयमा विपदमा साथ दिने उद्देश्यले रुपन्देही शाखाका तर्फबाट सबै जिल्लालाई सहयोगका लागि अपिल गर्दै सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।महासङ्घले विपदमा सहयोगका लागि शुभेच्छुकहरुलाई जिल्ला शाखाका तर्फबाट अपिल गरेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको प्रभु बैंकमा रहेको ०१८००१९४७०१०००१२ खाता नम्बरमा जम्मा गर्न आह्वान गरेको छ ।

    प्रारम्भिक विवरणमा जाजरकोट र रुकुम पश्चिममा ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति जनाइएको छ ।यस्तै, शुक्रबार बसेको बैठकले नेपाल पत्रकार महासङ्घ रुपन्देहीले रुपन्देही उद्योग सङ्घसँगको सहकार्यमा स्थापना गरेको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९’ महासङ्घ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा अर्थविद् मनिकर कार्की र रुपन्देही उद्योग सङ्घका तर्फबाट निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहेको मूल्याङ्कन समिति गठन गरेको छ ।

    यस्तै, रुपन्देहीको भैरहवालाई कर्मथलो बनाई विगत २० वर्षदेखि क्रियाशील पत्रकारिता गरिरहेका पत्रकार मनोरञ्जन शर्मा जटिल रोगका कारण उपचार गराइरहेकाले उपचारका लागि नेपाल पत्रकार महासङ्घ रुपन्देहीका तर्फबाट २५ हजार उपचारका लागि सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology