Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाजरकोटको नलगाड नगरपालिका पुगेर बुटवल उपमहानगरको टीमले गर्यो राहत सामग्री प्रदान

जाजरकोटको नलगाड नगरपालिका पुगेर बुटवल उपमहानगरको टीमले गर्यो राहत सामग्री प्रदान

  • 1.8K
    SHARES

  • जाजरकोटको नलगाड नगरपालिका पुगेर बुटवल उपमहानगरको टीमले गर्यो राहत सामग्री प्रदान

    बुटवल,कार्तिक २१ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्पप्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

    मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो। राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाबाट सुरेन्द्र बहादुर कार्की, दीपक राना, पत्रकारहरु ललित पाण्डे र कपिल अधिकारी जाजरकोटको नलगाड पुगेका हुन्।

    बुटवल उपमहानगरपालिकामा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती पठाएको चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

    RAHAT JAJARKOT.jpg

    प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप ५ लाख रुपैयाँ र कर्मचारीकोतर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रको मागअनुसार खाद्यान्न र लत्ताकपडा पठाइएको बताए। उनले बुटवलले बुटवलभित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन्।

    बुटवल उपमहानगरपालिकाले बुटवलका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ। जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाइँलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology