Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा भुकम्पबाट प्रभावितलाइ राहत संकलन तथा बितरण

नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा भुकम्पबाट प्रभावितलाइ राहत संकलन तथा बितरण

  • 2.1K
    SHARES

  • नेपाल विद्यार्थी संघ रुपन्देहीद्वारा भुकम्पबाट प्रभावितलाइ राहत संकलन तथा बितरण

    बुटवल,कार्तिक २१ ।

    नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देहीले जाजगरकोट भुकम्पबाट प्रभावितको लागि राहत संकलन गरी प्रस्थान गरेको छ । जिल्ला सभापती सन्दीप पाण्डेका अनुसार सोमबार राहत सामग्री जाजरकोट पठाइएको हो ।

    रुपन्देहीका विभिन्न व्याक्तिहरु संग संकलन गरिएको चामल १ सय बोरा, स्वाविन  ४० बोरा, चाउचाउ १०० कार्टुन, खाने तेल २५ कार्टुन, त्रिपाल २५ थान र चिउरा १० बोरा सहित अध्यक्ष पाण्डे , सचिव मनाेज बेल्वासे,काेषाध्यक्ष रोशन थापा लगायतको टोली जाजरकोट प्रस्थान गरेको हो । राहत टोलीलाई विदाई गर्दै नेपाल तरुण दल रुपन्देहीका जिल्ला उपाध्यक्ष प्रसान्त कोईरालाले संकलन गरेको राहत पिडीत सामु पु¥याउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

    उनले विपतको बेलामा सबैले मानवियहितको लागि समेत सहयोग गर्नुपर्ने भन्दै उनले अन्य स्थानबाट पनि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका थिए । राहत टोली जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा लगेर प्रसासनको सहभागीतामा बुझाउने कार्यक्रम रहेको नेपाल तरुण दलका  क्षेत्रीय सदस्य अमृत गिरीले जानकारी दिए ।SAMAN.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology