बुटवल,पुस ३-
रुपन्देहीमा रोट्रयाक्ट क्लव अफ मणिग्रामको स्थापना भएको छ । रोटरी क्लब अफ मणिग्रामको स्पोन्सरमा रोट्रयाक्ट क्लव अफ मणिग्रामको स्थापना भएको हो ।
उक्त क्लबको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । कृष्ण प्रसाद बस्याल संस्थापक अध्यक्ष रहेको नव गठित क्लवमा ५१ जना संस्थापक सदस्यहरु रहेका छन् ।
क्लबको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले रोट्रयाक्ट क्लव अफ मणिग्राममलाई सामाजिक कार्यमा लाग्न र त्यसका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए ।
रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी ३२९२ का एजी धुब्र कुमार धिताल, रोट्रयाक्क ३२९२ का डिआरआर सन्जीव पौडेल, क्लव एडभाईजर एवं रोटरी रिजन ५ का तालिम संयोजक लक्ष्मण ज्ञवाली लगाएतले बोल्दै युवाहरु संम्मलित गठन भएको क्वलले स्वार्थ भन्दा माथी रहेर सामाजिक कार्यमा लाग्न आग्रह गरे ।
कार्यक्रममा रोटरी तिनाउ बुटवलकी पुर्व अध्यक्ष देवी वाग्ले, रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष एवं रोट्रयाक्क क्लव अफ मणिग्रामका क्लव मनिटर निशानबाबु कार्की, रोटरी क्लव आफ बुटवल साउथका पुर्व अध्यक्ष एवं रोट्रयाक्क क्लव अफ मणिग्रामका सल्लाहकार बालकृष्ण भण्डारी, रोट्रयाक्क डिष्ट्रिकका सुसान्त अधिकारी, लक्ष्मण खरेल, प्रकाश शर्मा, रोट्रायाक्ट क्लव अफ तिनाउ सिटीका पुर्व अध्यक्ष प्रकाश पराजुली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नव गठित क्वलका अध्यक्ष बस्यालले पछाडी परेको समुदायका आवश्यकता पुरा गर्न यसक्षेत्रका रोटरी क्लब र सरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने बताए । कार्यक्रम रोटरी क्लव अफ मणिग्रामका सचिव अरुण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)