Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख रुपियाँ सहयोग गर्ने

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख रुपियाँ सहयोग गर्ने

  • 1.4K
    SHARES

  • लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई  २५ लाख रुपियाँ सहयोग गर्ने

    बुटवल,कार्तिक २१ ।

    जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । 

    कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

    सदस्यसचिव शाक्यका अनुसार कोषको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नुहुनेछ ।

    कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology