Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सियारीकी ९६ वर्षीया वृद्धाले जितिन् घरमै बसेर कोरोना

सियारीकी ९६ वर्षीया वृद्धाले जितिन् घरमै बसेर कोरोना

  • 6.8K
    SHARES

  • सियारीकी ९६ वर्षीया वृद्धाले  जितिन् घरमै बसेर कोरोना

    बुटवल,भदौ १९ -

    रुपन्देहीको सियारी गाउँपालिका वडा नं–१ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकीछन् ।  शुक्रबार उनी कोरोनालाई जितेपछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताए ।  

    रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।

    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा ९पहिलो संक्रमितका आमा० घरमै होम आइसोलेशन र नाती पहिलो संक्रमित भैरहवा होम आईसोलेसनमा रहेका थिए ।

    उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु।एच।ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरि आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवास्था  राम्रो रहेको उनको भनाई छ ।

    यस्तै सियारी गाउँपालिकामा अहिले सम्म २६ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्य अहिले सम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । तीन जना अझै आइसोलेसनमा रहेका छन् ।

    आत्मावल बढाउन जनप्रतिनिधि र कर्मचारी आइसोलेसन र कोरेन्टाइनमा :

    कोरोना जितेका तथा संक्रमितहरुको आत्मावल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतकाको टोलि समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेकाछन् ।

    कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनिहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने  गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताएकाछन् ।  कोरोना लागेका तथा कोरोना जितेका र आइसोलेसन वा क्वारेन्टाइन बसेकाहरु आफ्नै दाजुभाई, छिमेकी भएकोले उनीहरुलाई राम्रो ब्यवहार गर्नु पर्ने उनको भनाई छ ।

    उनले भने–“गाउँपालिकाले बनाएको आइसोलेसन, क्वारेन्टाइन तथा होम आइसोलेसनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्थ बुझ्न, बसाई तथा खानपानको विषयमा हाम्रो अनुगमन जारी छ । यसले क्वारेन्टाइन र आइसोलेसन बसेकाहरुको अवस्थ बुझ्न सजिलो हुन्छ र उनीहरुको आत्माबल बढ्नेछ ।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology