Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भाेलि भूकम्प प्रभावित क्षेत्र जाँदै

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भाेलि भूकम्प प्रभावित क्षेत्र जाँदै

  • 1.5K
    SHARES

  • युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भाेलि भूकम्प प्रभावित क्षेत्र जाँदै

    काठमाडौं, कात्तिक २० ।

    राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो । 

    गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति मङ्गलबार त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण स्थगित :

    राष्ट्रपति पौडेलले विनाशकारी भूकम्प जस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।

    कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ । 

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ती मुलुकका भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिनुभयो । 

    नेपाल सरकारको पेरिस–सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियसभित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म  पेरिसमा हुने पिस फोरम कार्यक्रममा भाग लिन जाने कार्यक्रम तय भएको थियो । 

    बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्बन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको सम्बन्धमा विश्वजगतकाे ध्यानाकर्षण गराउने कार्यक्रम थियो । 

    त्यस्तै, युरोपेली युनियनका महत्त्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महत्त्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो । 

    राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology