अमेरिका,पुस ३-
अमेरिकामा कोरोनाका कारण बुधबार ३६०० भन्दा बढीको मृत्यु भएको जोन होपकिन्स युनिभर्सिटीले बताएको छ । अमेरिकामा भ्याक्सिन प्रोग्राम सुरु भएसँगै एकपटक पुनः दैनिक मृत्युदरको रेकर्ड टुटेको छ ।
बुधबार अमेरिकामा करिब २ लाख ५० हजार कोरोना संक्रमित भेटिने गर्छन् । संक्रमितको नियन्त्रण र रोकथामको केन्द्र सीडीसीका अनुसार कोरोनाभाइरसका कारण हुने मृत्यु मुटुरोगका कारण हुने मृत्युभन्दा बढी भएको छ ।
यतिबेला अमेरिकामा कोरोनाका बिरामीका लागि अस्पतालमा बेडको कमी हुन थालेको छ भने अस्पतालमा कोरोनाका नयाँ बिरामी भर्ना गर्न समस्या भइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)