बुटवल,कार्तिक १८ ।
बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।
संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार कार्यालय कार्यलय प्रमुख नारद गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापन पत्र बुझाउदै उद्योग उपाध्यक्ष भट्र्टराइले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तवरबाट नै भन्सार नाका खुकुलो पार्न दवाब दिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।
सिमा नाका खुकुलो हुदै दैनिक सयाँैको संख्यामा सिमानाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा बुटवलका व्यवसायिहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँज गरि कडाइ गर्न आग्रह गरे ।
बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केहि कडाई भएपनि अहिले पुन खुकुलो भउको बताउँदै पुन नाकामा कडाई गर्न आग्रह गरे । देशको अर्थतन्त्र दरिलो पार्ने भन्सार तथा खुल्ला सिमामा कडाई गर्दै जानुपर्ने निति विपरीत खुकुलो बनाउँदै गएको उनको भनाई थियो ।
उक्त ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतमले सिमानाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाई गर्ने प्रतिबद्धता व्यक्त गरे । चाडपर्व लक्षित सिमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)