Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो

भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो

  • 3.2K
    SHARES

  • भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो

    काठमाडौं, कात्तिक १८  ।

    शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १२८ पुगेको छ ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । 

    यसैगरी,  रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो । 

    साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology