Logo बिहिवार, आश्विन १ गते २०८३
images

भिजन लुम्बिनी ऊर्जाको आईपीओ,२० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला

भिजन लुम्बिनी ऊर्जाको आईपीओ,२० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला

  • 1.4K
    SHARES

  • भिजन लुम्बिनी ऊर्जाको आईपीओ,२० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला

    बुटवल, कात्तिक१६ ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई बिहीबारदेखि खुला गरेको अध्यक्ष जगतबहादुर पाेखरेलले बताए ।

    अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

    आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

    कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

    आयोजनाको प्रतिमेगावाट लागत मध्यम देखिन्छ । आयोजनाको अनुमति पत्र बहाल रहने अवधि भने अझै ३३ वर्ष रहेको छ ।कम्पनीको मुख्य व्यवसाय नै सोही आयोजनाबाट विद्युत् उत्पादन गरेर नाफा कमाउने हो ।

    आयोजनाको पावरहाउस तथा टेलरेसतर्फको काम ९६ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।आयोजनाबाट विद्युत् उत्पादन नभए पनि कम्पनीले विद्युतीय क्षेत्रका अन्य कार्यबाट नाफा कमाएको विवरण देखाएको छ ।

    गत असारसम्मको अपरिस्कृत वाषिर्क वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८१ पैसा छ । सो अवधिसम्म कम्पनीले ६ लाख ८ हजार रुपैयाँ बराबर रकम सञ्चित नाफा रहेको आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ ।

    त्यस्तै असारसम्म प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा छ । यस आर्थिक वर्षको अन्त्यमा कम्पनीले प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहने र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा रहने अनुमान गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology