Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघमा पदस्थापना

बुटवल उद्योग वाणिज्य संघमा पदस्थापना

  • 1.7K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघमा पदस्थापना

    बुटवल,कार्तिक १४ ।

    बुटवल उद्योग वाणिज्य संघमा पदस्थापना कार्यक्रम भएको छ । संघको ७० औं साधारण सभा तथा २५ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार पदस्थापना तथा पदहस्तानत्रण गरिएको हो ।

    संघका अध्यक्ष उज्जज्वलप्रसाद कसुजुको अध्यक्षता र महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्याललाई निर्वाचन अधिकृत बाबुराम पाण्डेयले सपथ खुवाएका हुन् । त्यस्तै नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्यालले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाए ।

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्मन्त्री भोजप्रसाद श्रेष्ठले मुलुकको आर्थिक सम्वृद्विका लागि उद्योगी व्यवसायी आफ्नो पेशामा सफल हुनुपर्ने बताए । उनले नीजि क्षेत्र कमजोर हुंदा मुलुकको अर्थतन्त्र कमजोर हुने भएकाले मुलुकको अर्थतन्त्र बलियो बनाउने विषयमा सरकार चनाखो हुनुपर्नेमा जोड दिए ।

    bucci a.jpg

    नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्यालले सबैसंग सहकार्य र समन्वय गरेर संघलाई अगाडी बढाउने बताए । बुटवललाइ चलायमान बनाइ पुरानै लयमा फर्काउन सबै पक्षसंग सुझाव सल्लाह लिएर काम गर्ने अध्यक्ष अर्यालले प्रतिवद्वता जनाए ।

    उक्त कार्यक्रममा प्रदेश सांसद जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खेम हमाल लगायतले बोलेका थिए ।

    संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्विराेध निर्वाचित हुनुभएको थियो । त्यस्तै संघको उद्योग उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा मुक्ती अधिकारी,सचिवमा प्रतीक पाेखरेल, कोषाध्यक्षमा बसन्त ढकाल, सह कोषाध्यक्षमा धना कुमारी खनाल निर्वाचित भएका हुन् ।
    २५ औं अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद अर्यालसहित संघका अधिंकास पदाधिकारी र सदीस्यहरु विजयी भएका हुन् ।

    दोस्रो चरणको कार्यक्रमको अध्यक्षता हरिप्रसाद अर्यालले गरेका थिए, भने महासचिव मुक्ति अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology