Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा,मलेसिया ६ विकेटले पराजित

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा,मलेसिया ६ विकेटले पराजित

  • 1.2K
    SHARES

  • नेपाल विश्वकप छनोटको सेमिफाइनलमा,मलेसिया ६ विकेटले पराजित

    काठमाडाै,कार्तिक १४ ।

    घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

    पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३२ रन बनाए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्नेछ । यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology