बुटवल,कार्तिक ११ ।
पहाडी जिल्लामा मात्रै सीमित सराय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दै गएको छ ।दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर ब्यस्थापन समितिले सराँय नाँचको आयोजना गर्दै आएको हो ।
लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच बिगत १२ बर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको छ ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, र पाल्पा ,त्यस्तैगरि बाग्लुङ र स्याङ्जामा यो नाच निकै प्रख्यात छ ।पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले नाँच मार्फत् बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरुप भाला, खुकुरी,तरबार नचाएर दिनभर प्रदर्शन गरिएको हो ।
पञ्चेबाजाले सो क्षेत्रको माहोल नै रमाइलो बनाएको थियो । विगत ११ बर्षदेखि सराय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो ।
परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उहाको भनाइ छ ।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।बुटवलको सरायले अब नयाँ पहिचान बनाउने बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।
उहाँले पहाड र तराइ एक आपसमा जोडिएको र सबै प्रकारको कला संस्कृति स्थानान्तण भैरहेको बताउनुभयो ।
नेपाल एकीकरण भन्दा पहिले बाइसे चौबिसे राज्य मध्ये चौविसे राज्य अन्तर्गत गुल्मीमा ६ ओटा राज्य भएको र ती राज्यहरु एक बनाउने क्रममा शक्तिशाली राज्य गुल्मीबाट विजयोत्सका सन्दर्भ मा सराय नाचको सुरु भएको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा नारायण पन्थको भनाइ छ ।
लुम्बिनी वाणिज्य क्याम्पस खेल मैदानमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको स्थानीय कुलप्रसाद केसीको भनाइ छ । सहभागिले नसहरुको हातमा ढाल,तरबार,खँडा,खुुकुरी बोकेर नाचिरहेको र नयाँपुस्ता यसमा रमाइरहेको उहाँको भनाइ छ ।
पछिल्लो पुस्तालाई सराय नाचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नाच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको रवि पोखरेलको भनाइ छ ।

बुटवल ११ देवीनगर चौपारीछेउका ब्यवसायी भिम ज्ञवालीका अनुसार यस नाँचले देबी भगवती खुसी हुने र राक्षसलाइ बध गर्दा प्रयोग गरिएका धारिला हतियारका बारेमा सबैलाइ जानकारी हुने उहाँको भनाइ छ ।
हामीले पहाडमा सानोमा देखेको तर यहाँ आएपछि बल्ल सराय खेल्न पायौँ नाचमा सहभागि युवती देवीनगरकी तुलसा पौडेलले भन्नुभयो ।सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो ।
त्यस्तै बुटवल १२ नयागाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराय नाच देखाउन शुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।यस्तै बुटवल १३ जितगढीमा पनि सराँय नाचं देखाइएको स्थानीय ऋषि आजादले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)