Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

  • 1.9K
    SHARES

  • पाल्पामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

    बुटवल,कार्तिक ११ ।

    पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका –१ बिरौटामा मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो । 

    स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटनामा थापा गम्भीर घाइते हुनुभउको थियो । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले  जानकारी दिनुभयो । 

    मोटरसाइकल सडकबाट १० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology