Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलको ७० औ स्थापना दिवसमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

तरुण दलको ७० औ स्थापना दिवसमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

  • 2.3K
    SHARES

  • तरुण दलको ७० औ स्थापना दिवसमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

    बुटवल,कात्तिक १० । 

    नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दलले  ७० औ स्थापना दिवस  मनाएको छ । रुपन्देहीको बुटवलमा तरुण दल क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ ले दिवसको अवसरमा खाद्यान्न बितरण गरेको छ ।

    मानव सेवा आश्रम सुख्खानगरमा खाद्यान्न वितरण गरिएको हो  । आश्रममा १० बोरा चामल, दाल, तेल, प्याज, आलु, चाउचाउ, चना, सोयाबिन, साबुन लगायत करीब ७० हजार रुपैया बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल तरुण दल क्षेत्र नं २ का सभापति हसन्त लामाले बताउनुभयो ।tarun.jpg

    सो अबसरमा बोल्दै कांग्रेस नेतृ तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जमुना ढकालले तरुण दल नेपाली कांग्रेसको खम्बा रहेको भन्दै बलियो बनेर राजनैतिक तथा सामाजिक काममा सक्रिय रहन आग्रह गर्नुभयो ।उहाँले देशमा आउने हरेक परिवर्तनमा तरुण युवाहरुको योगदान रहेको भन्दै पार्टीलाइ बलियो बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

    तरुण दलका पुर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले तरुण दल बैचारिक रुपमा सुसज्जित थिङ्क टैकका रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।chiranjivi.jpg

    उहाँले देशको ठुला राजनितिक दलप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्ने गरि अघि बढ्न सुझाव दिनुभयो । नेपाली काग्रेस पार्टी, क्षेत्र नं २ का सभापति प्रजापाल गिरिले तरुण र पार्टीबिचको सम्बन्ध थप सुमधुर बनाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

    गिरिले हिजोको तरुणको ईतिहासप्रति गौरव गर्दै सुनौली भविष्य सोच्दै वर्तमानलाई उदाहरणीय कार्यलाई अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।prajapal.jpg

    सो अवसरमा तरुण दलका पुर्व जिल्ला सभापती चिरञ्जीवी पौडेल,तरुण दलका रुपन्देही  सभापती सोम गुरुङ, उपसभापति प्रशान्त कोइराला,सचिव रमेश शाही, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महेश पौडेल ,नेविसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डे, तरुण दल बुटवल नगर सभापति सुजन पुन,कृष्ण भण्डारी लगायतले संगठन कमजोर बनाउने गरि कुनै पनि काम गर्न नहुने उल्लेख गर्नुभएको थियो । कार्यक्रमको संयोजन भने तरूण दलका अमृत गिरीले गर्नुभएको थियो । 

    तरुण दल बिस २०१० साल कार्तिक १० गते स्थापना भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology