Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयागांउ माबिका बिद्यार्थीलाइ न्यानो कपडा बितरण

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयागांउ माबिका बिद्यार्थीलाइ न्यानो कपडा बितरण

  • 3.3K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयागांउ माबिका बिद्यार्थीलाइ न्यानो कपडा बितरण

    बुटवल,पुस २- 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा बर्ष २०२०-०२१ ले बुटवलको नयागांउमा रहेको नयागांउ माबिका बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरेको छ ।

    क्लवका अध्यक्ष ठाकुर प्रसाद आचार्यको अध्यक्षमा भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बिद्यार्थी ७० जनालाइ स्वीटर तथा टोपी प्रदान गरिएको हो ।

    कार्यक्रममा लायन्स क्लवका ३२५ बि २ नेपालका पूर्व डिस्ट्रक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो अबसरमा बोल्दै उहाले लायन्स सिद्धबाबाले सामाजिक सेवालाइ प्राथमिकता दिएकोमा आभार ब्यक्त गर्नुभयो ।

    सो कार्यक्रममा संयोजक क्लवका मेम्बर मेघलाल भट्टराइले संयोजन तथा सो न्यानो कपडा स्पोन्सर गर्नुभएको हो ।

    कार्यक्रममा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल,प्राचार्य पुरुषोतम भट्टराइ, प्रसिडेन्ट एडभाइजर सिताराम रसायली,क्लवका जोन चियर पर्सन गणेशप्रसाद भट्टराई, एरिया चिफ सन्दीप कसौधन,क्लवका संस्थापक रामप्रसाद बन्जाडे, तृतीय उपाध्यक्ष नारायण तिवारी,कोषाध्यक्ष नेत्रप्रसाद पाण्डे,पिआओ भूमि सापकोटा लगायतले बोल्नुभएको थियो ।

    सो कार्यक्रमको संचालन क्लवका सचिब कृष्णबहादुर सुनारले गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology