Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भाेलि विजयादशमी,टीका लगाउने उत्तम साइत बिहान ११ः०२ बजे

भाेलि विजयादशमी,टीका लगाउने उत्तम साइत बिहान ११ः०२ बजे

  • 3.8K
    SHARES

  • भाेलि विजयादशमी,टीका लगाउने उत्तम साइत बिहान ११ः०२ बजे

    बुटवल,कार्तिक ६ ।

    यस वर्षको दशैँ भोलि मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत भोलि कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

    यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते भएको थियो । साे दिन घटस्थापना गर्ने साइत बिहान ११ः२९ बजे रहेको थियो ।

    विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology