Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा रानीमहल जीप दुर्घटना : मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष (सूचीसहित)

पाल्पा रानीमहल जीप दुर्घटना : मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष (सूचीसहित)

  • 2.3K
    SHARES

  • पाल्पा रानीमहल जीप दुर्घटना  : मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष (सूचीसहित)

    पाल्पा,कार्तिक ५ ।

    पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जिप आइतबार अपरान्ह बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक घाइते भएका छन् ।

    मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालयले ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने जीपका चालक घाइते भएको जानकारी दिएको छ । पर्यटकीयस्थल रानीमहल घुम्न आएकाहरुलाई लिएर तानसेनतर्फ फर्केको जीप उकालोमा पछाडि हटेर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ । जिपमा ६ जना यात्रु रहेको र सबैको मृत्यु भए पनि परिचय भने नखुलेको पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन ।

     बैकुण्ठ पहाडबाट बराङ्गदी खोला सय मिटर भन्दा लामो छाँगो रहेको छ । जसले गर्दा उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा उद्दारमा जुटे पनि बेलुकी अबेर भइसकेकाले समस्या भएको छ । तीन सय मिटर तल्लो भागबाट खोलैखोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले थप कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

    बैकुण्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology