Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङ निसीखोला ७  नर्सिङकोटमा खेलकुद तथा  साँस्कृतिक कार्यक्रम उद्घाटन

बागलुङ निसीखोला ७  नर्सिङकोटमा खेलकुद तथा  साँस्कृतिक कार्यक्रम उद्घाटन

  • 1.3K
    SHARES

  • बागलुङ निसीखोला ७  नर्सिङकोटमा खेलकुद तथा  साँस्कृतिक कार्यक्रम उद्घाटन

    काैरव खत्री /बागलुङ,कात्तिक ५  ।

    बागलुङ निसीखोला गाउँपालिका ७  नर्सिङकोटमा खेलकुद तथा  सास्कृतिक कार्यक्रमको उद्घाटन गरिएको छ । नर्सिङकोट संरक्षण समिति निसीखोला गाउँपालिका ७ राजकुत बागलुङको खेलकुद तथा  साँस्कृतिक कार्यक्रमको उद्घाटन  समारोह कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य  माननीय  दोर्ण कुमार कुँवरले नर्सिङकोटलाई पयटनको हव बनाउने  आफुले आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गर्ने  बताउनुभयो ।

    साथै सोही अवसरमा  गण्डकी प्रदेश सभा सदस्य  माननीय दिलमाया पौवीले गण्डकी प्रदेशबाट कृषि क्षेत्रमा नयाँ कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।त्यस्तै अवसरमा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगर,गण्डकी पुर्व प्रदेश सदस्य खिमबिक्रम शाही,नेपाली जनसम्पर्क समिति ओसाका कन्साई जापानका सभापति इन्द्रलाल सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य भवानी कंडेल,निसिखोला गाउँपालिका वडा न.१ का वडा अध्यक्ष चन्द्रसिह राम्जाली, वडा न ७ का वडा अध्यक्ष दिपक कुंवर, लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि ,लगायतले शुभकामना मन्तव्य राख्नुभएमो थियो ।

    साथै अवसरमा राष्ट्रिय कलाकार सम्झना रणपाल,सुमन परियार लगायत स्थानीय कलाकारहरूको सास्कृतिक प्रस्तुती रहेको थियो ।कार्यक्रम नर्सिङकोट संरक्षण समिति निसिखोला गापा ७ बागलुङका अध्यक्ष लिला प्रकाश श्रेष्ठको अध्यक्षता तथा नर्सिङकोट संरक्षण समितिका  भुतपुर्व सचिव  तिलक कुंवरको स्वागत मन्तव्यसगै शुरू भएको  कार्यक्रमको  सञ्चालनमा भने नर्सिङकोट संरक्षण समिति सह सचिव टिका राना मगरले गर्नु भएको थियो ।calture.jpg

    कार्यक्रम कार्तिक ६ गतेसम्म अर्थात पर्सीसम्म सञ्चालन हुने निसिखोला गाउँपालिका वडा न.७ वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology