Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रूपन्देहीद्वारा प्रशासनमा ज्ञापनपत्र,सुशासनको प्रत्याभूति गराउन प्रधानमन्त्रीलाइ आग्रह

शान्ति समाज रूपन्देहीद्वारा प्रशासनमा ज्ञापनपत्र,सुशासनको प्रत्याभूति गराउन प्रधानमन्त्रीलाइ आग्रह

  • 3.2K
    SHARES

  • शान्ति समाज रूपन्देहीद्वारा प्रशासनमा ज्ञापनपत्र,सुशासनको प्रत्याभूति गराउन प्रधानमन्त्रीलाइ आग्रह

    बुटवल,कार्तिक ३ ।

    मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले मुलुकमा विद्यमान दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गराउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

    चुलिदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा बढ्दै गइरहेको हुँदा कुनै पनि बेला विष्फोट हुन सक्ने खतरातर्फ ध्यानाकर्षण गराउँदै सुशासनको प्रत्याभूति गर्न र  दण्डहीनता अन्त्य गर्न सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्री प्रचण्डलाइ ध्यानाकर्षण पत्र पठाएको हो ।  

    २०४७ सालपछिका सबै पूर्व तथा वर्तमान प्रधानमन्त्री र मन्त्री परिषद्का दुई जना पूर्व अध्यक्षहरुको सम्पत्ति छानविन हुनुपर्ने शान्ती समाजले माग गरेको छ । तीनै तहको अदालतले दोषी ठहर गरेका पात्रलाई राष्ट्रपतिद्वारा माफी दिने निर्णय समग्र न्याय प्रणालीको अपमान भएको मानव अधिकार तथा शान्ती समाजले ठहर गरेको शाखा सभापति खिमप्रसाद भट्टराइ कृष्णले बताए ।  
    बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेश अनुरुप पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानविन गरि कारबाही गर्न र  सुन काण्डका मूल दोषीहरुमाथि अझै कारबाही नभएको भन्दै कारबाहीको माग गरेको छ ।  

    नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई अझै कारबाही नभएको शिर्ष नेतासहित सो प्रकरणमा संलग्न मूल पात्रहरुलाई कारबाही गर्नुपर्ने, वाइड बडी लगायत यती, ओम्नीसहितका घोटाला र विभिन्न जग्गा प्रकरणका दोषीहरुलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    सो अवसरमा समाजका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे,सदस्य केशव पाण्डे लगायतको सहभागिता रहेको थियो ।

    jilla prasan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology