Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउनुपर्ने’

‘मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउनुपर्ने’

  • 1.1K
    SHARES

  • ‘मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउनुपर्ने’

    बुटवल,कार्तिक ३।

    आर्थिक संकटले देशको अवस्था कमजोर भएकोप्रति रुपन्देहीका उधोगी व्यवसायी र सञ्चारकर्मीहरुले चासो देखाएका छन् । मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउनु पर्ने र आयत रोकेर राजनीतिक दलहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको वर्तमान आर्थिक संकट र बजार विषयक अन्तरक्रियामा बोल्ने सहभागी वक्ताले आर्थिक संकट आउंदैमा निरास हुन नहुने बताए । उच्च शिक्षाको नाममा नेपाली मुद्रा विदेश निर्यात हुंदा र अहिलेको अर्थनीनि कार्यान्वयन नहुंदा देशले आर्थिक संकट भोग्नु परेको उनीहरुको तर्क छ ।

    उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अनउत्पादक क्षेत्रमा बढी लगानी भएको र लगानी अनुसार प्रतिफल नआएपछि आर्थिक मन्दी देखिएको बताए । सम्पती पुस्ता हस्तान्त्रण गर्नुपर्ने नेपालीको पुरानो संस्कारले पनि अहिले अर्थतन्त्र कमजोर भएको बताउंदै छोरा नातीलाई पनि सम्पती कमाइ दिनुपर्ने गलत संस्कारको अन्त्य हुनुपर्ने उनले बताए ।

    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले रेमिटान्सले सधै देश चल्न नसक्ने बताउंदै नेपालको लागि रेमिटान्स मन्द विष भएको बताए । उत्पादनमा ह्रास हुंदै जांदा अहिले अर्थतन्त्र ओरालो लयमा झरेको चिन्ता गरे ।

    शिक्षक हुमराज भुसालले अर्थनीतिबारे चेतना नहुंदा र अर्थतन्त्रले राजनीति उत्पादन गरेकाले समस्या उत्पन्न भएको बताए ।२०४६ सालको अर्थनीतिबाट नेपाल चुकेकाले अहिले नेपालको अर्थतन्त्र संकटमा परेको तर्क गरे । कार्यक्रममा पत्रकार श्याम पोखरेल, विश्वास ढकाल, अमृता अनमोल लगायतले आआफ्ना भनाइ राखेका थिए ।
    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता र जेपी कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology