Logo बिहिवार, आश्विन १ गते २०८३
images

भविष्यमा हुने सहकारी दुर्घटनालाई जोगाउन अहिले सहकारी शिक्षा जरुरी

भविष्यमा हुने सहकारी दुर्घटनालाई जोगाउन अहिले सहकारी शिक्षा जरुरी

  • 1.5K
    SHARES

  • भविष्यमा हुने सहकारी दुर्घटनालाई जोगाउन अहिले  सहकारी शिक्षा जरुरी

    बुटवल,कार्तिक २ ।

    सहकारीहरु नीति र सिद्धान्त अनुसार संचालन हुन नसक्दा जोखिममा पर्ने गरेको सहकारी अभियन्ताहरुले बताएका छन् । सहकारी सिद्धान्त, मुल्य मान्यतलाई अवलम्वन नगरी संचालन भएका सहकारीहरु बढिमात्रामा जोखिममा पर्ने गरेको उल्लेख गर्दै सहकारी शिक्षाको ज्ञानले नै भविष्यमा हुने सहकारी दुर्घटनालाई जोगाउन सक्ने बताएका थिए ।

    बुटवल ८ धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाको संयुक्त बैठकमा सहभागि सहकारीकर्मीहरुले कुनैपनि सहकारीका सदस्यहरुले सहकारी शिक्षाका बारेमा जानकारी लिन अतिनै आवश्यक रहेको बताएका हुन् ।


    इन्द्रेणी सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संरक्षक भुपाल कुमार श्रेष्ठ, सल्लाहकार एजाज आलम, डम्बरदेव अर्याल, दिलबहादुर थापा, पुर्व अध्यक्ष शिललाल राना, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी लगायतले बोल्दै सहकारीलाई नीति र सिद्धान्त अनुसार संचालन गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।


    सहकारीका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ६१ करोड कुलपुँजी, १० करोड ५० लाख शेयर पुँजी, ४१ करोड बचत र ४८ करोड कुल कर्जा रहेको बताए । दुई हजार एक सय शेयर सदस्य रहेको सहकारीले उत्पादनमुलक सदस्यको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने योजना बनाएको र आउने पुसमा वार्षिक साधारण सभा मनाउने भएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, कार्तिक २ २०८००८:४४:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology