बागलुङ,असाेज ३० ।
बागलुङको गलकोट हटियामा पहिलो पटक गौमुखी कृषि हाटबजार तथा तरकारी संकलन केन्द्रको उद्घाटन गरिएको छ ।
गलकोट नगरपालिका ३ हटिया स्थित रहेको गौमुखी कृषि विकास सहकारी संस्था लि र गलकोट नगरपालिकाको संयुक्त आयोजनामा हटिया बजारमा गौमुखी कृषि हाटबजार तथा तरकारी संकलन केन्द्रको उद्घाटन गरिएको थियो ।
उद्घाटन गरिएको हाटबजारमा किसानहरुले आआफ्नो खेतवारीमा उत्पादन गरेका कृषिजन्य उपजहरु हाट बजारमा भ्याइनभ्याई रहेको थियो । उत्पादित कृषि उपजहरूको बिक्रीवितरणमा उचित बजारीकरणको व्यवस्था भए किसानलाई निकै सहज हुने किसानको भनाई छ ।
हाट बजारमा गलकोट नगरपालिकाका ११ वटै वडाका किसानहरू उत्पादन गरेका तरकारीजन्य फलफुल र कृषि खाद्यान्न लगायतका सामग्रीहरु आइतवार हाटबजारमा ल्याएर विक्रि वितरण गरेका थिए ।अव भने प्रत्येक हप्ताको एक दिन कृषकहरुका लागि गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेडले हटिया बजारमा गौमुखी हाट बजारमा गर्ने सहकारीले जनाएको छ ।
गलकोट हटियामा पहिलो पटक हाटबजार सञ्चालन भएपछि किसानहरूले उत्पादनमूलक वस्तुहरूले बजार पाउनेछन् ।हाजबजारमा तरकारीजन्य,फलफुल,खाद्यान्न लगायतका आर्गानिक कृषिजन्य सामग्रीहरु बिक्री वितरणमा राखिएको थियो ।हाटबजारको सञ्चालन र निरन्तरताले यस क्षेत्रका किसानहरूलाई निकै फाइदा पुग्ने किसानको भनाइ छ ।
हाट बजारमा मौसमी तथा बेमौसमी किसिमका उत्पादित सामग्रीहरुको विक्रि वितरण गरिएको थियोे ।आफ्नो घर नजिकै हाज बजार सञ्चालन हुदा किसानलाई त खुसी बनाएको छ नै सगैं सस्तो र ताजा तरकारी तथा फलफुल खान पाएपछि स्थानीयवासीहरू पनि उत्तिकै खुसी छन् ।
गौमुखी कृषि विकास सहकारी लिमिटेडद्वारा किसानहरूका लागि हटियामा हाटबजार सञ्चालन गरिदिदा किसानहरुले खेतवारीमा फलाएका कृषि उपजहरूलाई आफैले हाट बजारसम्म ल्याएर विक्रि वितरणमा सहजता प्रदान गरिदिएको छ । किसानहरूका लागि गौमुखी सहकारीले नमुना काम गरेर किसानहरूलाई आय आर्जनमा सहयोग पुर्याएको गण्डकी प्रदेशका कृषि भूमि ब्यवस्थापन तथा गरिबी निवारण मन्त्री महेन्द्र ध्वज जिसीले बताउनुभयो ।
गलकोटमा गौमुखी कृषि हाटबजार तथा तरकारी संकलन केन्द्रको सञ्चालनले यस क्षेत्रका किसानहरुलाई आफ्नो कृषि उपजको बिक्रीवितरण गर्ने राम्रो थलो बनेको छ ।हाज बजार सञ्चालनले कृषि कर्म गरेर जिविकोपार्जन गर्ने किसानहरूका लागि थप उत्साह थपिएको छ । साथै आगामी दिनमा हाट बजारलाई निरन्तरता दिएर किसानहरूका कृषि उपजहरुको उचित मूल्य र बजारीकरणको व्यवस्था ध्यानदिनु पर्ने जरुरी देखिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)