Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल प्रहरी कानुन पालना गराउन र अनुसन्धानमा सक्षम छ: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

नेपाल प्रहरी कानुन पालना गराउन र अनुसन्धानमा सक्षम छ: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

  • 1.5K
    SHARES

  • नेपाल प्रहरी कानुन पालना गराउन र अनुसन्धानमा सक्षम छ: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

    बुटवल,असाेज ३० ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।

    नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताउनुभयो ।

    उहाँले नेपाल प्रहरीले सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो कुशलताले उत्कृष्ट काम गरेर देश–विदेशमा पनि आफ्नो व्यावसायिकतालाई कायम राख्न काम र कुशलता देखाएको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी विचलित नभई पूरा गरेको बताउनुभयो ।

    उहाँले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्तिसुरक्षा कायम गर्न कर्तव्यपथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशन दिनुभयो ।कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology