बुटवल,असोज २८ ।
थोर्गा रुपन्देही सम्पर्क समाजले शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमामा एक समारोहका बिच बिजयादशमी दीपावली नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी ओमकारनाथ ज्ञवालीले समाजले गरेका कामको प्रशंसा गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले गुल्मी थोर्गामा जन्मेर बुटवल पेरिफेरिमा कर्मथलो बनाइ बसोबास गर्नुहुने सम्पूर्णलाई जोडी भाइचारा र सद्भाव कायम राख्ने काम भैरहेको बताउनुभयो । उहाँले समाजले विभिन्न रचनात्मक कार्यहरु गर्दै थोर्गेलीहरुमाझ सुख दुखमा साथ दिइरहने उल्लेख गर्नुभयो ।
उहाँले अहिले देश जटिल परिस्थिती र आर्थिक संकटमा रहेको भन्दै केही समयमा निरासा हट्ने बिश्वास ब्यक्त गर्नुभयो ।सो अवसरमा पूर्व अध्यक्षहरू ज्ञान प्रसाद ज्ञवाली,राम प्रसाद पोख्रेल , मीन प्रसाद पोख्रेल त्यस्तै गोपाल ज्ञवाली,चिन्तामणि ज्ञवाली,यादब ज्ञवाली,वसन्त श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो।
सो कार्यक्रमको संचालन सम्पर्क समाजका सचिब षडानन्द पोख्रेलले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)