Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी र सहसचिवमा अर्याल बिजयी

काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी र सहसचिवमा अर्याल बिजयी

  • 1.9K
    SHARES

  • काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी र सहसचिवमा अर्याल बिजयी

    बुटवल,असाेज २७ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी बिजयी भएका छन् । अन्तिम परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाए भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाए ।

    सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल बिजयी भइन् भने प्रतिस्पर्धी विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाए ।

    क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियो । रिक्त पदमा आज  उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट उहाँ क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।

    ६७४ मतदाता  रहेको रुपन्देही क्षेत्र नं. २ मा ६१३ मत खसेको थियो ।  

    prajapal and sangita nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology