भरतपुर,असाेज २७ ।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्टलाई एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका र भरतपुर अस्पतालसगको सहकार्यमा निर्माण गरेको अक्सिजन फ्लान्टको शुक्रवार आयोजित कार्यत्रमका बीच एनआरएनएका महासचिव डा. केशव पौडेलले उद्घाटन गरी भक्तपुर अस्पताललाई त्यसको साचो हस्तान्तरण गर्नुभएको हो ।
एनआरएनए महासचिव डा. पौडेलले प्लान्टको साचो अस्तापल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेल, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोजराज पोखरेल, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष डिलु पराजुली, अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सहरु र कर्मचारी तथा एनआरएनहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्नुहुदैं एनआरएनए महासचिव डा. पौडेलले एनआरएनएले नेपालको विभिन्न क्षेत्रमा सामाजिक सेवा भावले सहयोग र सहकार्य गर्दै आएकोमा जोड दिनुभयो । उहाले पछिल्लो समय कोरोनाको विपतको अवस्थामा एनआरएनएले विशेषतः नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्यलाई बढाएको बताउनुभयो ।
पेशाले चिकित्सक पौडेलले अक्जिन प्लान्टको निर्माणपछि नेपालीको ज्यान जोगाउने कार्यमा केही भएपनि एनआरएनएले योगदान दिन सकेकोमा खुशी व्यक्त गर्नुहुदैं यस्ता सामाजिक र मानवीय सेवामा एनआरएनएले सदैव योगदान गर्नेमा जोड दिनुभयो । साथैं महासचिव पौडेलले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, भरतपुर महानगरपालिका र भरतपुर अस्पताललाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)